अर्थ

१ डलरको मूल्य ११५ रूपैयाँ नजिक

काठमाडौ– अमेरिकी डलर बढनेक्रमसँगै बुधबार नेपाली मुद्र र डलरबीचको विनिमयदर उच्च रहेको छ। आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले १ डलर बराबर ११४ रुपैयाँ ८४ पैसा बिक्रीदर निर्धारण गरेको छ। गत वर्ष असार मसान्तमा यो दर १०२ रुपैयाँ २४ पैसामात्र थियो।
राष्ट्र बैंक विनिमय विभागले निर्धारण गरेको यो विक्री दर हालसम्मकै उच्च हो। अमेरिकी डलर समक्ष भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। हाल भारु १०० को विनिमय दर नेरु १६० रुपैयाँ छ।डलरको तुलनामा भारु कमजोर हुँदै जाँदा नेपाली मुद्रा पनि कमजोर हुँदै गएको हो। भारतीय रिजर्व बैंक (आरबीआई) ले बुधबारका लागि १ डलर बराबर ७१ रुपैयाँ ८६ पैसा भारु तोकेको छ ।
  

 

प्रकाशित: २० भाद्र २०७५ ०७:०३ बुधबार

डलर रूपैयाँ बिक्रीदर