अर्थ

नेप्सेमा ५२ करोडको कारोबार, परिसूचक ४ अंकले बढ्यो

काठमाडौ– साताको सुरुवातसँगै सकारात्मक बनेको शेयर बजारमा  मंगलबार पनि उत्साहले निरन्तरता पाएको छ।

नेप्से परिसूचक ३.९८ अंकले बढेर १२सय१०.२४ कायम भएको ५२ कारोड ७५लाख ३३ हजार ८४७ रुपैयाँको शेयर किनबेच भएका छन्। १७२ कम्पनीका १७ लाख ७५ हजार कित्ता शेयर खरिद बिक्री भएका हुन्। सोमबार परिसूचक करिब १६ अंकले बढेको थियो भने ५२ करोडकै हाराहारीमा शेयर कारोबार भएका थिए।

आज ४ वटा समूहका परिसूचक घटेका छन भने ६ वटाको बढेको छन् । सबैभन्दा धेरै होटल समूह १६.०९ अंकले बढेको छ भने जलविद्युत् समूह ९.८ अंकले घटेको छ।सबैभन्दा धेरै काराबार हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धक शेयर १० करोड १८ लाख रुपैयाँको खरिद बिक्री भएको छ।

 

प्रकाशित: १९ भाद्र २०७५ १०:३० मंगलबार

नेप्से कारोबार