अर्थ

होन्डा एक्स ब्लेड सार्वजनिक

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले  नयाँ होन्डा एक्स ब्लेडलाई नेपाली बजारमा सार्वजनिक गरेको छ।

१६० सिसी अन्तर्गतको मोटरसाइकलमा रोबो फेस एलइडी हेड ल्याम्प प्रयोग गर्ने होन्डा एक्स ब्लेड पहिलो भएको कम्पनीको दाबी छ । नेपालको सडकका लागि अति उपयुक्त भनिएको यो बाइकलाई होन्डाले स्पोर्टी र मस्कुलर लुक दिएको छ। 

भारतीय बजारमा केही समयअघि सार्वजनिक गरिएको यो मोटरसाइकलको नेपाली बजारमा पनि उल्लेखनीय माग भएको कारण होन्डाले नेपाली बजारमा ल्याएको हो। 

 

प्रकाशित: १९ भाद्र २०७५ ०४:३८ मंगलबार

होन्डा_एक्स_ब्लेड मोटरसाइकल_स्कुटर