अर्थ

शेयर बजार नौ अङ्कले बढ्यो

काठमाडौं - साताको पहिलो दिन अाइतबार शेयर बजारमा सुखद शुरुवात भएको छ। नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ।

स्टकका अनुसार अाइतबार कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको छ। नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी तुल्याएको छ। अाइतबार तीन उपपमूहको शेयर भने ओरालो लागेको छ। उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले घटेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ। गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो। रासस

 

प्रकाशित: १७ भाद्र २०७५ १०:१२ आइतबार

नेपाल_स्टक_एक्सचेञ्ज शेयर_काराेबार