अर्थ

नबिलको भिसा कार्डमा नगद फिर्ता

काठमाडौं – नबिल बैंकले आफ्ना भिसा कार्ड बाहक ग्राहकलाई लक्ष्य गरी ‘नबिल भिसा कार्ड नगद फिर्ता योजना’ ल्याएको छ।

कुनै पनि नबिल बैंक भिसा कार्ड बाहक (डेबिट÷क्रेडिट÷प्रिपेड) ग्राहकले नेपालभित्रका पिओएसमार्फत कार्डबाट प्रत्येकपटक सफल कारोबार गरे पश्चात कारोबार रकमको १० प्रतिशत वा अधिकतम तीन सय फिर्ता पाउनेछन्।

यस योजना अन्तर्गत नबिल बैंक भिसा कार्डबाहक ग्राहकले नेपाल भित्रका इ–कमर्स साइटमार्फत कार्डबाट प्रत्येकपटक सफल कारोबार गरे पश्चात कारोबार रकमको २० प्रतिशत वा अधिकतम ६ सय फिर्ता पाउनेछन्।

यो योजना शुक्रबारदेखि १५ दिनसम्म लागू हुने बैंकले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७५ ०५:१७ आइतबार

नबिल_बैंक