अर्थ

मेगा–एलआइसी बैंकास्योरेन्स

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायममुकायम सिइओ अभिजित घोष दस्तिदारले बैंकास्योरेन्स सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

अब मेगाका ग्राहकले बैंकका सबै शाखाबाट एलआइसीमा जीवन बिमालेख खरिद, प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बताइएको छ। यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकलाई थप सुविधा प्राप्त हुने बैंकले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्रकाशित: १५ भाद्र २०७५ ०५:४५ शुक्रबार

मेगा_बैंक बैंकास्योरेन्स लाइफ_इन्स्योरेन्स