अर्थ

ओम र नेसनल लाइफ बैंकान्सुरेन्स

काठमाडौं – ओम डेभलपमेन्ट बैंक र नेसनल लाइफ इन्स्यारेन्स कम्पनीबीच बैंकान्सुरेन्स सहमति भएको छ।

सहमतिमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सहमतिमा बैंकले आफ्ना ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बिमा नेसनल लाइफ इन्स्यारेन्स कम्पनीबाट सहज रुपमा गर्ने व्यवस्था गर्ने उल्लेख छ। यो सम्झौतामार्फत बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बिमालेख प्राप्त गर्दै आवश्यक परेको समय दाबी भुक्तानी सहज रुपमा लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ भाद्र २०७५ ०६:१० बिहीबार

ओम_डेभलपमेन्ट_बैंक नेसनल_लाइफ_इन्स्यारेन्स