अर्थ

कतार एयरवेजको एजेन्ट्स अवार्ड नाइट

काठमाडौं – कतार एयरवेजले नेपालमा एजेन्ट अवार्ड नाइट आयोजना गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा उक्त कार्यक्रम गरेको हो। 

कम्पनीले उक्त कार्यक्रममा चारवटा ट्रफी र १६ वटा सम्मानपत्र चारवटा ट्राभल एजेन्टलाई हस्तान्तरण गरेको जनाएको हो। उक्त अवार्डमध्ये प्लाटिनम अवार्ड २०१७–१८ ओसो वल्र्ड ट्राभल नेपाललाई हस्तान्तरण गरिएको छ । सुमेघ टुर एन्ड ट्राभलले गोल्ड अवार्ड हात पारेको हो। 

यति ट्राभलले सिल्भर अवार्ड र सी लिंक्स ट्राभल एन्ड टुरले बर्गन्डी अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ । कम्पनीले अन्य १७ वटा ट्राभल एन्ड टुर कम्पनीलाई सम्मानपत्र दिएको छ । अवार्ड तथा ट्रफी नेपालका लागि कम्पनीका कन्ट्री म्यानेजर जयप्रकाश नैरले हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: १३ भाद्र २०७५ ०४:५० बुधबार

कतार_एयरवेज ट्राभल_एजेन्ट