अर्थ

गठ्ठाघरमा प्राइम कमर्सियल बैंक

काठमाडौं – प्राइम कमर्सियल बैंकले मध्यपुर थिमि नगरपालिकाको गठ्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अब बैंकको शाखा संख्या ६३ पुगेको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा बैंक सञ्चालक समितिका सदस्य उत्तमनारायण श्रेष्ठले सो शाखा उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १३ भाद्र २०७५ ०४:४९ बुधबार

प्राइम_कमर्सियल_बैंक गठ्ठाघर