अर्थ

सांग्रिलाका कर्मचारीलाई १० दिने अभिमुखीकरण

काठमडौं – सांग्रिला डेभलपमेन्ट बैंकले नवनियुक्त कर्मचारीलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको छ। 

उनीहरुलाई शाखामा पठाउनुअघि सामाजिकीकरण गराउने र बैंक सम्बन्धी काम तथा नीति–नियमबारे जानकारी दिने उद्देश्यले अभिमुखीकरण तालिम दिएको बताइएको छ । भदौ १ देखि १० गतेसम्म सञ्चालित तालिममा ६५ जना कर्मचारी सहभागी थिए। 

तालिम समापनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नयाँ कर्मचारीको कार्यकुशलता बढ्ने बताए।

निमित्त प्रमुख कार्यकारी अधिकृत तथा कर्जा तथा मार्केटिङ विभाग प्रमुख निर्मलकुमार श्रेष्ठले कर्मचारीको सीप विकासका लागि अभिमुखीकरण र बैंकिङ तालिम दिने गरेको बताए । यस्ता तालिमले कर्मचारीको आत्मविश्वास बढ्ने उनको भनाइ छ। 

प्रकाशित: १३ भाद्र २०७५ ०४:३८ बुधबार

सांग्रिला_डेभलपमेन्ट_बैंक अभिमुखीकरण