अर्थ

नेप्सेमा झिनो सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.३७ अंकले बढेर ११ सय ७७.०९ कायम भएको छ। १५४ कम्पनीका ६लाख २२ हजार ८०१ कित्ता शेयर खरिदबिक्री हुँदा १९ करोड ५ लाख १३ हजार ९६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

समूहगत सूचकतर्फ जलविद्युत्, जीवन बिमा र अन्यसमूहको सूचक घटेका छन् भने बाँकी समूह सकारात्मक रहे। उत्पादनमूलक समूह १२.२६अंकले र होटलसमूह १२.२४अंकले बढेको छ।

आज सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका १ करोड ६३ लाख ५७ हजार ६४५ रुपैयाँको शेयर किनबेच भयो। प्रतिकित्ता आम्दानीमा सबैभन्दा धेरै बोटलर्स नेपालको १४९ रुपैयाँ रहयो भने गुमाउनेमा माहुली सामूदायिक लघुवित्तको ६० रुपैयाँ घटेको छ।

 

प्रकाशित: १२ भाद्र २०७५ १०:५२ मंगलबार

नेप्से सुधार