अर्थ

करबारे काँग्रेसको प्रशिक्षण

काठमाडौ–स्थानीय तहहरुले जथाभावी कर संकलन गरेको भन्ने आरोप आइरहेका बेला नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखलाई करबारे प्रशिक्षण दिन थालेको छ। 

पार्टी केन्द्रिय कार्यालय सानेपामा आज सुरु भएको प्रमुख तथा उपप्रमुखहरुको एक दिने भेलामा कांग्रेसले प्रशिक्षण दिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काँग्रेसका तर्फबाट देशभर प्रमुख र उपप्रमुख गरी १ सय ८९ जनप्रपतिनिधि कार्यरत छन्।
 जनप्रतिनिधिलाई पूर्वराजदूत डा शंकर शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, पार्टी पदाधिकारीलगायतले प्रशिक्षण दिने कार्यक्रम छ । भेलामा करको दायरा निर्धारण, नागरिकसँगको समन्वयजस्ता विषयहरुमा प्रशिक्षण दिने जनाइएको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०७:०० सोमबार

स्थानीय_तह नेपाली_कांग्रेस