अर्थ

जनताले ल्यायो ‘मेरो तलव खाता’

काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले श्रमिक तथा कर्मचारीलाई लक्षित गरेर ‘मेरो तलव खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले आकर्षक व्याजदर, बिमा तथा अन्य सुविधासहित यो खाता सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

शुन्य मौज्दातमा खोल्न सकिने उक्त खातामा वार्षिक सात प्रतिशत व्याजदर, दैनिक मौज्दातमा त्रैमासिक व्याज भुक्तानी, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क दुर्घटना बिमा सुविधा (सात लाख रुपैयाँसम्म), एबिबिएस सुविधालगायत उपलब्ध गराइने बैंकले जनाएको छ । संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकले यो खोल्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको सञ्चयकोष, उपदानलगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा जनता बैंकको एकै छातामुनी प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ११ भाद्र २०७५ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App