अर्थ

मेटलाइफद्वारा एसियाका लागि नयाँ नेतृत्व चयन

काठमाडौं – अमेरिकी बिमा कम्पनी मेटलाइफ इन्कले किशोर पोन्नभोलुलाई एसिया क्षेत्रको अध्यक्षमा नियुक्त गरेको छ। आगामी सेप्टेम्बर १ बाट लागू हुने गरी उनलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ।

हङकङमा रहने उनले कम्पनीका प्रमुख कार्यकारी अधिकृतस्टेभन ए. कनडारिअनलाई रिपोर्ट गर्नेछ। पोन्नभोलुले मेटलाइफ एसियाकै ‘इनोभेसन हव’ मानिने जापान, कोरिया, अस्ट्रेलिया लगायत मुलुकको प्रत्यक्ष सुपरभाइज गर्नेछ। पोन्नभोलु हाल संयुक्त राज्य अमेरिकास्थित मेटलाइफको अटो एन्ड होम बिजिनेस प्रमुख छन्।

त्यसैगरी कम्पनीले रेबेका तादिकोंदालाई स्ट्राटेजिक ग्रोथ मार्केट एसियाको प्रमुख बनाएको छ। सिंगापुरमा रहने उनले पोन्नभोलुलाई रिपोर्ट गर्ने कम्पनीले जनाएको छ। तादिकोंदाले बंगलादेश, चीन, हङकङ, भारत, मलेसिया, नेपाल र भियतनामको सुपरभाइज गर्नेछ। तादिकोंदा हाल मेटलाइफको प्रमुख रणनीति अधिकारीका रुपमा कार्यरत छन्।

प्रकाशित: ११ भाद्र २०७५ ०५:०४ सोमबार

मेटलाइफ नेतृत्व_चयन