अर्थ

तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौं - निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज (अाइतवार) पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७८ विन्दुले घटेर एक हजार १ सय ७५ दशमलव ७२ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव ५७ विन्दुले घटेर २ सय ४८ दशमलव ४२ विन्दुमा कायम भएको छ। अाइतवार कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २ सय ५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ मूल्यमा खरिद बिक्री भएका छन्।

उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर अाइतवार ओरालो लागेको छ। उत्पादन समूहको शेयर १४ दशमलव १७ विन्दुले बढेको छ। बैंकिङ १ दशमलव ०३, होटल ० दशमलव ०४, विकास बैंक ११ दशमलव ५, जलविद्युत् २ दशमलव ०६, वित्त १ दशमलव ६१, निर्जीवन बीमा ४२ दशमलव ४८, अन्य २ दशमलव ७, माइक्रोफाइनान्स १२ दशमलव ६२ र जीवन बीमा १ दशमलव ८८ बिन्दुले घटेको छ। रासस

प्रकाशित: १० भाद्र २०७५ १०:२८ आइतबार

सेयर_बजार नेपाल_स्टक_एक्सचेञ्ज