अर्थ

चाबहिल र पर्सामा सिद्धार्थ बैंकको शाखा

काठमाडौं – सिद्घार्थ बैंक लिमिटेडले गत बुधबार थप दुई शाखा खोलेको छ। बैंकले काठमाडौंको चाबहिल र चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

यी शाखामार्फत स्थानीय सरकारको सम्पूर्ण खाता कारोबार सञ्चालन हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले उक्त शाखाबाट सो क्षेत्रका सर्वसाधारण तथा उद्यमीका लागि सबै प्रकारका बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ सेवाका साथै मुलुकभर एक सय २३ वटा शाखा (तीन एक्स्टेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, एक सय २६ एटिएम  र नौ सयभन्दा बढी पिओएस मेसिनमार्फत गुणस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १० भाद्र २०७५ ०५:३७ आइतबार

सिद्घार्थ_बैंक शाखा_सञ्चालन