अर्थ

करिब ४ अंकले घट्यो नेप्से


काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बिहिबार ३.९२ अंकले घटेर ११सय ७८.५० कायम भएको छ। 

कूल कारोबार रकम भने बुधबारभन्दा बढेर २७ करोड७३लाख ८ हजार २६६ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ। आज १५९ कम्पनीका १० लाख २० हजार कित्ता शेयर खरिद विक्री भएको छ।

समूहगत सूचकमा विकास बैंक र अन्य समूहकाबाहेक सबै नकारात्मक रहे। सवैभन्दा धेरै उत्पादन मूलकको सूचक ५४.६७अंकले घटेको छ भने जीवन बिमा समूह ३८.६४अंकले घटेको छ। अन्य समूहको सूचक ५.०७अंकले बढेको छ।

आज सबैभन्दा धेरै एनएमबि बैंकका ४ करोड ९५ लाख रुपैयाँका शेयर किनबेच भए। एनएलजी इन्स्योरेन्सको ३ करोड १०लाख ८६ हजार ५४४ रुपैयाँको कारोबार भएको छ।

 

प्रकाशित: ७ भाद्र २०७५ ०९:३२ बिहीबार

नेपाल_स्टक_एक्सचेन्ज