अर्थ

एसियन लाइफको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल

काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआइबिएल एस क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ।

एसियनको १०औं वार्षिक साधारण सभाबाट पारित १० बराबर ६ सेयरको अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रद सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।

यस सम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  राजेशकुमार श्रेष्ठ र एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ३ भाद्र २०७५ ०४:५१ आइतबार