अर्थ

एनएमबिले दिने भयो १५ प्रतिशत बोनश शेयर

काठमाडौ–एनएमबि बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर दिने भएको छ।
 बैंकको बिहिबार सम्पन्न २२औ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनससहित कर प्रयोजनका लागि ०.७८ प्रतिशत लाभांश उपलब्ध गराउने निर्णय गरेको हो। 
उक्त वोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी  ८ अर्ब ७४ करोड पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

 

प्रकाशित: १ भाद्र २०७५ १२:०२ शुक्रबार

एनएमबिबैंक १५_प्रतिशत_बोनश