अर्थ

'दिगो विकासका लक्ष्य पूरा गर्न बजेट पुग्दैन'


काठमाडौं– वर्तमान बजेट परिमाणले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्ति चुनौतिपूर्ण रहेको औल्याइएको छ। राष्ट्रिय योजना आयोगले बजेट विस्तार नगरे कतिपय लक्ष्य हासिल गर्न चुनौतिपूर्ण देखिएको औल्याएको छ।
संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकासका लक्ष्य प्राप्तिका लागि भएका प्रयास र समस्याबारे छलफल गर्न बोलाइएका  आयोगका उपाध्यक्ष डा पुष्प कणेलले यस्तो औल्याएका हुन्। बैठकमा उनले भने, सन् २०३०सम्मका दिगो विकासका १७ वटा लक्ष्य पूरा गर्न वार्षिक १७ खर्बको अनुपातमा खर्च गर्नुपर्ने हुन्छ।’ चालू आर्थिक वर्षको कूल बजेट १३ खर्व १५ अर्व रुपैयाँको छ।
सबै लक्ष्य प्राप्ति चुनौतिपूर्ण देखिए पनि आयोगले समिति बनाएर पहल गरिरहेको समितिलाई उनले जानकारी गराएका थिए। ‘दोहोरो अंकको आर्थिक वृद्धि, आर्थिक समानता र गरिबी निवारणलगायतका लक्ष्य हासिल गर्नु चुनौतिपूर्ण नै छ,’ उनले भने ।
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले भने चरम गरिबीलाई शुन्यमा झार्ने, बालबालिकाको स्कुल भर्नादर ९९ प्रतिशत पु¥याउर्ने तथा रोजगारी सृजना गर्ने लगायतका सूचक सन् २०३० भन्दा पहिले नै पूरा हुने दावी गरेका थिए। 
दोहोरो अंकको आर्थिक वृद्धि लक्ष्य चुनौतिपूर्ण भएपनि हासिल हुने दावी पनि उनले गरे।
बैठकमा समिति सदस्य सरिता प्रसाइले उचित योजना तर्जुमा र कार्यान्वयनको अनुगमन सन्तोषजनक नभएको बताएकी थिइन्।  

 

प्रकाशित: १ भाद्र २०७५ ०८:३० शुक्रबार

दिगो_विकास चुनौतिपूर्ण बजेट