अर्थ

एनआइसी र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

काठमाडौं – एनआइसी एसिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका सबै शाखामार्फत रिलायन्स लाइफको जीवन बिमा पोलिसी खरिद गर्न सकिनेछ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले सो सम्झौतामा हस्ताक्षर गरेका छन्।

एनआइसी एसियाले दुई सय ३७ शाखा, दुई सय ३० एटिएम, १४ एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको छ। बैंकको वासलातको आकार एक अर्ब ८१ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

प्रकाशित: १ भाद्र २०७५ ०३:२९ शुक्रबार