अर्थ

माछापुछ्रे बैंकको सुपर एजेन्टमा जिएमई रेमिट

काठमाडौं – माछापुछ्रे बैंक लिमिटेडको सुपर एजेन्टमा जिएमई रेमिट प्रालि नियुक्त भएको छ । सुपर एजेन्टसम्बन्धी सम्झौतामा जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। 

अब माछापुछ्रे रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटका सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी हुनेछ । जिएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम माछापुछ्रे बैंकले आफ्नो शाखामाार्फत भुक्तानी गर्दै आइरहेको छ।

हाल जिएमई रेमिटले खाडी मुलुक, अमेरिका, बेलायत, मलेसिया, दक्षिण कोरिया, जापान लगायत देशबाट रेमिट्यान्स कारोबार गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५५ बुधबार

#माछापुछ्रे बैंक #जिएमई रेमिट