अर्थ

‘युथ इटर्निटी’ क्रिम बजारमा

काठमाडौं– हिमालय ड्रग कम्पनीले ‘युथ इटर्निटी’ नामक विभिन्न क्रिमहरु बजारमा ल्याएको छ।

एडेल वाइस नामक दुर्लभ बिरुवा प्रयोग गरेर स्टेमसेल प्रविधिबाट तयार पारिएको ‘युथ इटर्निटी’लाई आइतबार राजधानीमा आयोजित एक समारोहमा छाला विशेषज्ञ डा. अर्पणा शाह, हिमायल ‘युथ इटर्निटी’की ब्राण्ड एम्बेस्डर माल्भिका सुब्बा र कम्पनीका प्रमुख पदाधिकारीले सार्वजनिक गरे। 

युथ इटर्निटी रेन्जले छालामा आउने चाउरी, कालोपन र गाडा धब्बाहरुबाट सुरक्षा दिने दाबी गरिएको छ। ‘युथ इटर्निटी’अन्तर्गत द हिमालय युथ इटर्निटी डे क्रिम, द हिमालय युथ इटर्निटी नाइट क्रिम र द हिमालय युथ इटर्निटी अण्डर आइक्रिम गरी ३ वटा उत्पादन रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २८ श्रावण २०७५ ११:४७ सोमबार

#क्रिम #हिमालय ड्रग कम्पनी #बजार