अर्थ

भोजपुरमा ४९ करोड बजेट फ्रिज

भोजपुर– आर्थिक वर्ष ०७४/७५ मा भोजपुरमा ४९ करोड भन्दा बढी रकम फ्रिज भएको छ। उक्त रकम जिल्लाको लागि छुट्याइएको कुल बजेटको ९ दशमलव २४ प्रतिशत हो। छुट्याईएको कुल ५ अर्ब ३४ करोड १० लाख ४६ हजार ६ सय ४८ रुपैयाँ रकमको ४९ करोड ३२ लाख ९९ हजार ६ सय ७७ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।  

आर्थिक वर्ष ०७४/७६ मा कुल ४ अर्ब ८४ करोड ७७ लाख ४६ हजार ९ सय ७१ रुपैयाँ खर्च भएको बजेटमा चालुतर्फ कुल ४ अर्ब ७८ करोड १४ लाख ४७ हजार ५ सय ४२ रकमको ४ अर्ब ४७ करोड ८३ लाख ३२ हजार ५ सय २९ रुपैयाँ र पूँजीगततर्फ कुल ५५ करोड ९५ लाख ९९ हजार एक सय ६ रकमको ३६ करोड ९४ लाख १४ हजार ४ सय ४२ रुपैयाँ रकम खर्च भएको कार्यालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष ०७४/७५ मा चालुतर्फ ९३ दशमलब ६६ प्रतिशत र पूँजीगतको ६६ प्रतिशत गरी कुल ९० दशमलब ७६ प्रतिशत खर्च हुन आएको देखिन्छ।

गएको आर्थिक वर्ष ०७३/७४ मा विनियोजित कुल ४ अर्ब ५१ करोड ३५ लाख २९ हजार रकमको ३ अर्ब ६३ करोड २४ लाख ८ हजार बजेट खर्च भएको थियो अर्थात कुल ८० दशमलब ४८ प्रतिशत खर्च भएको थियो। जुन आँकडालाई हेर्दा आर्थिक वर्ष ०७४÷७५ मा १० दशमलब २८ प्रतिशत बढीले बजेट रकम खर्च भएको देखिन्छ। आर्थिक वर्ष ०७३/७४ मा १९ दशमलब ५२ प्रतिशत बजेट फ्रिज भएको थियो। 

त्यस्तै, तुलनात्मक हिसाबले आर्थिक वर्ष ०७३/७४ मा भन्दा आव ०७४/७५ मा कार्यालयले राजश्व पनि बढी उठाएको छ। कार्यालयले आर्थिक वर्ष ०७३/७४ को असार मसान्तसम्म कुल ८ करोड ६१ लाख २ हजार राजस्व संकलन गरेको थियो भने आर्थिक वर्षमा ०७४/७५ को असार मसान्तसम्म कार्यालयले कुल ११ करोड ७६ लाख ४४ हजार ३ सय ४८ रुपैयाँ ४४ पैसा राजस्व संकलन गरेको जनाएको छ। जसमा ९ वटै स्थानीय तहको सशर्त अनुदानबाट कुल ३ करोड ७५ लाख १२ हजार ५ सय ११ रुपैँया बजेट फिर्ता भएको छ भने स्थानीय तहको वित्तीय समानीकरणको बजेटको तथ्याङ्क भने स्थानीय तहमै रहने भएकाले फिर्तामा गणना नहुने कार्यालयले जनाएको छ।

नेपाल सरकार र वैदेशिक श्रोतबाट छुट्टिएर आउने बजेटमध्ये वैदेशिक श्रोतबाट आएको बजेट समयमै निकासा फुकुवा हुन नसक्नुले बजेट फ्रिज भएको कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टराईले बताए। उनले भने, ‘वैदेशिक दाता वा श्रोतबाट छुट्टिएको बजेट समयमै निकासा फुकुवा नहुने, समयमै कार्यक्रमहरु पनि स्वीकृत नहुने र समयमै श्रोत भर्ना नहुने भएकाले बर्षेनी ठुलो आकारमा बजेट फ्रिज हुने गरेको हो।’

प्रकाशित: २७ श्रावण २०७५ ०९:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App