अर्थ

साताभरमै  १४ प्रतिशतले घट्यो शेयर काराेबार

आर्थिक वर्ष २०७४/७५को निराशाजन शेयर बजारको आंकडा सार्वजनिक भएसँगै सुस्ताएको शेयर कारोबारमा यो सातामात्रै १४.६८ प्रतिशतले घटेको छ। साताभर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा भएको १८१ कम्पनीहरुको करिब ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
 गत साता १८१ कम्पनीहरुको कारोबारबाट  १अर्ब ७ करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरका ४० लाख ८४ हजार पाँच सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

उता साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन ११ सय ८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आईपुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुमा बिमा समूहको सवैभन्दा धेरै १८१.७५ अंकले गिरावट आएको छ। निर्जीवन बिमा समूह ६३.३२ अंकले ओरालो लागेको छ। होटल समूह भने ३२.२५ अंकले बढेको छ।  

यस साता सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका ५ लाख ८५ हजार कित्ता संस्थापक शेयरहरु ५ करोड ९० लाख ४० हजार रुपैयाँको कारोबार भए। नेपाल लाइफ इन्स्योरेन्सका ४ करोड १८ लाख रुपैयाँको शेयर खरिद भएका नेप्सेले जनाएको छ। 

प्रकाशित: २६ श्रावण २०७५ ०७:४० शनिबार

शेयर बजार