अर्थ

खुकुरी रमको सन् डाउन इभेन्ट


काठमाडौं – खुकुरी थ्री एक्स रमले काठमाडौंको विभिन्न आउटलेटमा सन् डाउन इभेन्टको सिरिज गरिरहेको जनाएको छ। सन् डाउन इभेन्टमा पार्टीप्रेमीले खुकुरी रम कक्टेलको चुस्कीको साथ विभिन्न डिजेको उत्कृष्ट लाइभ पर्पmर्मेन्स हेर्न सकिने कम्पनीले जनाएको छ।

खुकुरी थ्री एक्स रम सन् डाउनको आगामी इभेन्ट अगस्ट ११ मा इम्बर्स रेस्टुरेन्टमा हुने जारी विज्ञप्तिमा उल्लेख छ। खुकुरी थ्री एक्स रमले थप सातवटा यस्तै रमाइला इभेन्ट काठमाडौंको विभिन्न आउटलेटमा गर्ने जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०४:०६ शुक्रबार