अर्थ

शेयर बजार ओरालो लाग्याे

काठमाडौं - शेयर बजार विहिवार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.३७ बिन्दुले घटेर २४९.१३ बिन्दुमा पुगेको छ।

आइतबारदेखि सामान्य अंकमा घट्दै आएको बजार विहिवार भने करिब सात अंकले ओरालो लागेको हो। स्टकका अनुसार विहिवार कूल १६३ कम्पनीको आठ लाख ६९ हजार ३०७ कित्ता शेयर रु १९ करोड ६९ लाख ४५ हजार २७३ मूल्यमा खरिद बिक्री भएको छ।

व्यापार उपसमूहको मात्रै विहिवार शेयर बढेको छ। सो उपसमूहको शेयर २.११ बिन्दुले बढेको छ। अन्य उपसमूहको शेयर भने विहिवार घटेका छन्। बैंकिङ ३.३७, होटल ३१.५२, विकास बैंक १.३१, जलविद्युत् १६.८८, वित्त ०.७, निर्जीवन बीमा ७०.०७, अन्य ०.४२, माइक्रोफाइनान्स १६.४७ र जीवन बीमा समूह १०२.८३ बिन्दुले घटेको छन्। रासस
 

प्रकाशित: २४ श्रावण २०७५ १०:३८ बिहीबार

शेयर बजार ओरालो