अर्थ

खुम्चियो शेयर कारोबार

खुम्चियो शेयर कारोबार 
काठमाडौ– शेयरको कारोबारमा बुधबार उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्चेन्जमा मंगलबार २१ करोड ३७ लाख ९१ हजार ३१७ रुपैयाँको कारोबार भएकामा आज १४ करोड ९१ लाख ९७ हजार ७९५ रुपैयाँको मात्र कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज परिसूचक(नेप्से)मा ०.८९ अंकको झिनो गिरावट आएर ११ सय ८७.३२ कायम भएको छ।
आज १६२ कम्पनीका ४ लाख ७४ हजार ८६१ कित्ता शेयर किनबेच भएका छन्। समूहगत कारोबारमा होटल समूहको परिसूचक ३७.४६ अंकले बढेको छ भने जलविद्युत र अन्य समूहको परिसूचक सामान्य बढेको छ। उता गिरावट आउनेमा विगतमा जस्तै जीवन विमा समूहको परिसूचक २२.३६ अंकले घटेको छ। उत्पादन मूलक समूहमा ९.२३ अंकले गिरावट आएको छ।

उच्च कारोबार हुनेमा फस्र्ट माइक्रोफाइनान्सको ८४ लाख ८४ हजार रुपैयाँको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

 

प्रकाशित: २३ श्रावण २०७५ ११:३१ बुधबार

शेयर फस्ट माइक्रोफाइनान्स