अर्थ

नेप्से १.४६ अंकले घट्यो

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक मंगलबार १.४६ अंकले घटेर ११सय ८८.२१ कायम भएको छ। कुल १५७ कम्पनीका ९लाख ९ हजार ३४१ कित्ता शेयरहरु २१ करोड ३७ लाख ९१ हजार ३१५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा होटल, निर्जीवन बिमा र अन्य समूहका सूचक बढेका छन् बाँकी सबै समूह ऋणात्मक छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक ३९.८३ अंकले घटेको छ भने होटल समूह ३२.३४ अंकले बढेको छ।


मंगलबार पनि प्रोग्रेसिभ फाइनान्सका प्रवद्र्धक शेयरमात्रै ३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको देखिएको छ। 

 

प्रकाशित: २२ श्रावण २०७५ १०:२१ मंगलबार

नेप्से