अर्थ

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोट सेवा समाजले स्थानीयलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

उक्त कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठ तथा भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राईले टेम्के मैयुङ गाउँँपालिका वडा नम्बर ७ का अध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले ८६ शाखा, दुई एक्सटेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा समेत गरी एक सय नौ स्थानबाट बैंकिङ सुविधा दिइरहेको जनाएको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०३:४६ सोमबार

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो