अर्थ

शेयर बजारमा सामान्य गिरावट

काठमाडौ - शेयर बजारमा अार्इतवार सामान्य गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार अार्इतवार शेयर बजार १ दशमलव ४३ विन्दुले घटेर एक हजार १८९ दशमलव ८८ विन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ० दशमलव १८ विन्दुले घटेर २५० दशमलव ९७ विन्दुमा अार्इपुगेकाे छ। 

अार्इतवार कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ। स्टककाअनुसार पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ। बैंकिङ ३ दशमलव ५१, जलविद्युत् ५ दशमलव ६५, वित्त ० दशमलव ९७, निर्जीवन बीमा ३० दशमलव ९२ र उत्पादन २० दशमलव ०६ बिन्दुले घटेको छ। 

यस्तै होटल ४ दशमलव २४, विकास बैंक ११ दशमलव १७, अन्य ६ दशमलव ४९, माइक्रोफाइनान्स ० दशमलव २१ र बीमा ३ दशमलव ६४ विन्दुले बढेको छ। अार्इतवार सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन्। रासस

प्रकाशित: २० श्रावण २०७५ ११:०७ आइतबार

शेयर बजारमा सामान्य गिरावट