अर्थ

टंकिसिनुुवारीमा सांग्रिला डेभलपमेन्ट बैंक

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङको टंकिसिनुुवारीमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणि शिवाकोटी र बैंकका अध्यक्ष रबीन्द्रप्रसाद श्रेष्ठले गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा तीन लाख रुपैयाँसम्मको बिमा गरिदिने र सुुरक्षा समेत हुुने बताए। उनले यस बैंकमार्फत कारोबार गर्न स्थानीय बासिन्दालाई आग्रह पनि गरे।

अब सांग्रिलाको शाखा संख्या ५४ पुगेको छ। थप ३३ शाखा सञ्चालनमा आउने प्रक्रियामा रहेको बैंकले जनाएको छ।

 

प्रकाशित: २० श्रावण २०७५ ०५:३३ आइतबार

टंकिसिनुुवारीमा सांग्रिला डेभलपमेन्ट बैंक