मुस्ताङ– मुस्ताङको माथिल्लो भेगमा गोठ राखेर चौरी पाल्ने गरिन्छ। तस्बिरमा देखिएका थासाङ गाउँपालिका–२, मार्चेको लेकमा चरिरहेका चौंरीगाई हुन्। एउटा चौरीको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ। यस क्षेत्रका जनताकाे मुख्य पेशा पशुपालन हाे। हिउँदमा बेंसी झर्ने र वर्खामा गाईगाेठ एवं भेडीगाेठ राख्ने राख्ने चलन छ।
प्रकाशित: १७ श्रावण २०७५ १२:३० बिहीबार