अर्थ

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवर्द्धन

काठमाडौं– नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवर्द्धनका लागि अन्तक्र्रिया कार्यक्रम गरेको छ । अन्तर्क्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

शैक्षिक परामर्शदाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परीक्षण, कर्जाको लागि आवश्यक कागजात तथा कर्जा प्रदान गर्ने प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गरेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित: १६ श्रावण २०७५ ०२:१६ बुधबार

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवर्द्धन