अर्थ

राजश्व कार्यालयद्वारा ९ अर्ब राजश्व संकलन

कलैया - आन्तरिक राजश्व कार्यालय सिमराले गत आर्थिक वर्षमा रु आठ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजस्व संकलन गरेको छ। 

मूल्य अभिवृद्धि करतर्फ रु ५९ करोड ७५ लाख ९४ हजार, आयकरतर्फ रु ५९ करोड ७४ लाख ८८ हजार, घरवहाल कर तर्फ रु ३ करोड २७ लाख ५० हजार तथा ब्याजकरतर्फ रु दुई करोड ८१ लाख ८० हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ। 

यसैगरी, कार्यालयले शिक्षाकर तर्फ रु ३० लाख, स्वास्थ सेवाकर तर्फ रु २१ लाख तथा बारा र रौतहट जिल्लाका ५० हजार ४ सय करदाताबाट रु ७ अर्ब ५१ करोड ६२ लाख ११ हजार गरी कूल रु ८ अर्ब ७१ करोड ७३ लाख ९४ हजार राजश्व संकलन गरिएको कार्यालय प्रमुख रामप्रसाद पाठकले जानकारी दिए। रासस

प्रकाशित: १२ श्रावण २०७५ ०९:२४ शनिबार

राजश्व कार्यालयद्वारा अर्ब राजश्व संकलन