अर्थ

सिभिल बैंक–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं– सिभिल बैंक लिमिटेडले जीवनबिमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।  अब रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका जीवन बिमा सेवा बिनाझन्झट सिभिल बैंकका ६८ शाखामार्पmत उपलब्ध गराउने गुरुङले बताएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ९ श्रावण २०७५ ०२:३५ बुधबार

सिभिल बैंक–रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता