अर्थ

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं - लगातार ओरालो लाग्दै आएको शेयर बजार साेमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ८४ बिन्दुले बढेर एक हजार १९४ बिन्दुमा पुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलव ४६ बिन्दुले बढेर २५१ दशमलव ३२ बिन्दुमा पुगेको छ। 

साेमबार कूल १५७ कम्पनीको ६ लाख ५८ हजार २९२ कित्ता शेयर रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरिद बिक्री भए। नेप्से परिसूचक बढे पनि कारोवार रकममा भने कमी आएको छ। 

स्टकका अनुसार बैंकिङ ८ दशमलव ०६, होटल शून्य, विकास बैंक १५ दशमलव ८८, जलविद्युत् १९ दशमलव ०१, वित्त १ दशमलव ८, निर्जीवन बीमा १३३ दशमलव ५१, उत्पादन १० दशमलव ९१, अन्य ९ दशमलव ६३, माइक्रोफाइनान्स ३५ दशमलव ४५ र बीमा ५४ दशमलव ८६ बिन्दुले बढेको छ। रासस

प्रकाशित: ७ श्रावण २०७५ ११:१० सोमबार

दोहोरो अंकले बढ्यो शेयर बजार