अर्थ

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ।

आव २०७४÷७५ मा सुर्खेत प्रहरीले १४ हजार ९९४ सवारी साधनलाई कारवाही गरेको थियो। ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सञ्चालन गर्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने सवारी कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक  श्याम चौधरीले बताए। यो अवस्था विगतको भन्दा अझ बढेको उनको भनाइ छ।

त्यस्तै, ४९ सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ६३ गम्भीर घाइते र ५२ सामान्य घाइते भएको उनले बताए। गएको वर्ष सामान्य दुर्घटना २९२ हुँदा १८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस

प्रकाशित: ५ श्रावण २०७५ ०६:०६ शनिबार

सवारी कारवाहीबाट ८७ ७३ राजश्व संकलन