अर्थ

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

काठमाडौं – नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो। आइतबार र सोमबार सकारात्मक रहेको शेयर कारोबार त्यसपछिका दिनमा भने नकारात्मक रहँदै आयो।

यो साता नेप्से परिसूचक ६ दशमलव ७० अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबारका पाँच दिनमा ४७ लाख ५४ हजार ५२० कित्ता शेयरहरू १ अर्व ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँमा किनबेच भयो। जुन गत साताको भन्दा ३१ दशमलव ३२ प्रतिशतले कम हो । गत साता २ अर्ब ११ करोड ८८ लाख रुपैयाँ बराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयरहरु खरिद विक्री भएका थिए।

‘क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलव ३९ अंकले घटेर २५१ दशमलव ४२ अंकमा आईपुगेको छ। यस साता ३५ करोड ८० लाख १० हजार रुपैयाँको कारोबारसहित प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर कारोबार अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो साता रिलायन्स फाइनान्स र नेपाल इन्स्योरेन्सका हकप्रद, मिथिला लघुवित्त, नेपाल इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका बोनस शेयर नेप्सेमा सूचिकरण भएको नेपालस्टक एक्सचेन्जले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०७५ १२:४२ शुक्रबार

३१ प्रतिशतले घट्यो कारोवार  परिसूचक अंकले ऋणात्मक