अर्थ

करिब ५ अर्बको अलैंची निर्यात

विराटनगर – विराटनगर नाकाबाट आर्थिक वर्ष ०७४–७५ मा करिब ५ अर्ब मूल्य बराबरको अलैंची निर्यात भएको छ। विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७४–७५ मा विराटनगर नाकाबाट निर्यात भएका बस्तुमध्ये सबैभन्दा धेरै ४ अर्ब ७५ करोड रुपैयाँको अलैंची निर्यात भएको हो। 

यस्तै निर्यात भएका बस्तुमध्ये दोस्रो स्थानमा सेन्थेटिक यार्न रहेको छ। विराटनगर नाकाबाट ४ अर्ब १७ करोड रुपैयाँको सेन्थेटिक यार्न, २ अर्ब ४८ करोड ३८ लाख रुपैयाँको जुटका कपडा, २ अर्ब २ करोड ८३ लाख मुल्यको जुटका झोला र बोरा निकासी भएको छ। 

यस्तै १ अर्ब ९१ करोड ६५ लाख रुपैयाँको रेशाका कपडा, १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँको जीआइवायर, ८३ करोेडको पीना, २५ लाख रुपैयाँको भेनियर सिट, १३ लाख रुपैयाँको चोकर निर्यात भएको छ। विराटनगर नाकाबाट  २४ अर्ब  ६ करोड रुपैयाँको बस्तुहरू निर्यात भएको विराटनगर भन्सार कार्यालयका प्रबक्ता सुशील थापाले  जानकारी दिए।

यता निर्यातको तुलनामा आयातको अबस्था भने निक्कै उच्च देखिएको छ। निर्यातको तुलनामा छ गुणा बढी आयात भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–७५ मा विराटनगर नाकाबाट  १ खर्ब ४६ अर्ब रुपैयाँको बस्तु आयात हुँदा २४ अर्ब ६ करोड रुपैयाँ बराबरका बस्तुहरू मात्रै निर्यात भएको छ। आर्थिक वर्ष ०७३–७४को तुलनामा आयात करिब २५ प्रतिशतले बढेको छ भने निर्यात साँढे ११ प्रतिशतले मात्रै बढेको कार्यालयले जनाएको छ। 

विराटनगर नाकाबाट सबैभन्दा बढी डिजेलको आयात भएको छ। डिजेल मात्रै  १३ अर्ब २ करोड २० लाख रुपैयाँ बराबरको आयात भएको छ। यस्तै ७ अर्ब ८८ करोड ३६ लाख रुपैयाँको सिआर सीट, ७ अर्ब १७ करोड ४९ लाख रुपैयाँको एमएस् विलेट, ६ अर्ब ८७ करोड ३९ लाख रुपैयाँको पोलेथिन दाना, ६ अर्ब ६१ करोड १८ लाख रुपैयाँको स्टील वायर रड आयात भएको छ। 

यस्तै ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँको एचआर सिट, २ अर्ब ९८ करोड ८१ लाखको पेट्रोल, २ अर्ब ६ करोड ८३ लाख रुपैयाँको तयारी कपडा, ३ अर्ब ५५ करोड ४६ लाख रुपैयाँको चिनी, १ अर्ब २८ करोड ३८ लाख रुपैयाँको मोटरसाईकल आयात भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। 

विराटनगर नाकाबाट पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीहरूका कच्चा पदार्थ, पोलेथिन दाना, चिनीलगायतका खाद्य पदार्थहरू कपडा आदि बस्तुहरूको आयात उच्च देखिएको छ। अघिल्लो वर्षको तुलनामा  मुख्य आयात हुने बस्तुमा ३ देखि साँढे ७ प्रतिशतकादरले आयात बढेको विराटनगर भन्सारले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७५ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App