अर्थ

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन

काठमाडौं– सिद्धार्थ बैंकले तोकिएका सबै १७ वटै स्थानीय तहमा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकिङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा अनिवार्य रुपमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार बैंकले शाखा सञ्चालनमा ल्याएको हो।

नेपाल राष्ट्र बैंकले सबै बैंकलाई तोके बमोजिम स्थानीय तहमा खोल्नुपर्ने सबै शाखा सञ्चालनमा ल्याउनेमा सिद्धार्थ बैंक पहिलो भएको उसको दाबी छ ।स्थानीय तहमा खोलिएका समेत गरी बैंकका सबै शाखाबाट सरकारी तथा अन्य संघ–संस्थाका साथैै सर्वसाधारण एवं उद्यमी व्यवसायीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।

बैंकले हाल एक सय २१ वटा शाखा (तीन एक्सटेन्सन काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा, एक सय १६ एटिएम र नौ सयभन्दा बढी पिओएस मेसिनमार्फत गुणस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १ श्रावण २०७५ ०१:१८ मंगलबार

सिद्धार्थ बैंकद्वारा १७ वटा स्थानीय तहमा शाखा सञ्चालन