अर्थ

एनएमबि बैंकको एफपिओ बाँडफाँड

काठमाडौं– एनएमबि बैंकले थप निष्कासन गरेको सेयर बाँडफाँड भएको छ । प्रतिसेयर तीन सय ३३ रुपैयाँ रहेको तीन अर्ब ८० करोड १२ लाख ४९ हजार दुई सय ७९ रुपैयाँ बराबरको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता सेयर जेठ ३० मा सर्वसाधारणको लागि खुला गरिएको थियो।

असार २८ मा बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले एक करोड १४ लाख ८३ हजार दुई सय ४० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ६९ हजार ६ सय २६ जनाको दरखास्त मात्रै योग्य भएका छन् । योग्य उम्मेदवारले १ करोड १४ लाख ७८ हजार नौ सय १० कित्ताका लागि आवेदन दिएका थिए ।

न्यूनतम १० कित्ता र अधिकतम दुई लाख २५ हजार दुई सय कित्तासम्मका लागि आवेदन गर्न पाइने व्यवस्था थियो ।
सेयर बाँडफाँड कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले कोषले थोक बिक्रेताको रुपमा काम गर्नेतर्फ काम गरिरहेको बताए ।

प्रकाशित: १ श्रावण २०७५ ०१:१२ मंगलबार

एनएमबि बैंकको एफपिओ बाँडफाँड