अर्थ

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता

काठमाडौं – मुक्तिनाथ विकास बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ।

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौता अनुसार सिटिजन इन्स्योरेन्स कम्पनीले जारी गर्ने विभिन्न जीवन बिमा योजना बैंकको सबै शाखामा उपलब्ध हुनेछ। बैंकले ८३ शाखा, १३ एटिएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले ग्राहकलाई आधुनिक, लघुवित्त र ग्रामीण बैंकिङ सेवा समेत उपलब्ध गराउँदै आएको छ। बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकान्स्योरेन्स, आस्बा, भिसा डेबिट कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा उपलब्ध गराउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०७५ ०३:१८ आइतबार

मुक्तिनाथ विकास बैंक–सिटिजन लाइफ इन्स्योरेन्स सम्झौता