अर्थ

नेपाल बंगलादेश बैंक र टिच फर नेपालको शैक्षिक अभियान

काठमाडौं– टिच फर नेपालसँग नेपाल बंगलादेश बैंकले सिन्धुपाल्चोक, ललितपुर, धनुषा, लमजुङ, दाङ र पर्सा जिल्लामा शैक्षिक अभियान सुरू गरेको छ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सार्वजनिक शिक्षालाई सबल बनाउने उद्देश्यले टिच फरसँग बैंकले सहकार्य गर्दै आएको बताइएको छ।

यस अभियानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्व विद्यालयबाट स्नातक तह उत्तीर्ण नेपाली युवालाई दुई वर्ष स्वयंसेवी शिक्षकको रूपमा अंग्रेजी, गणित र विज्ञान विषयमा देशका विभिन्न ग्रामीण क्षेत्रका विद्यालयमा शिक्षण गराइने छ । बैंकले टिच फरको अभियानलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रकाशित: २९ असार २०७५ ०१:२० शुक्रबार

नेपाल बंगलादेश बैंक टिच फर नेपालको शैक्षिक अभियान