अर्थ

लबिम मलमा फस्ट स्माइल

काठमाडौं– पुल्चोकको लबिम मलमा किकोको सम्पूर्ण बेबी उत्पादन रहेको फस्ट स्माइल सार्वजनिक गरिएको छ।

किकोको विभिन्न उत्पादन रहेको फस्ट स्माइलमा नर्सिङ, कस्मेटिक, खेलौना र ट्राभल (स्ट्रोलरर्स, हाइचेयर्स र कार सेफ्टी सिट) सम्बन्धी सम्पूर्ण उत्पादन राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।किको इटालियन ब्रान्ड हो, जसको बेबी केयर प्रडक्टहरु बृहत् रुपमा विश्वभर फैलिएका छन् । एक सय २० भन्दा बढी देशमा किकोका सात सयभन्दा बढी आउटलेट रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २७ असार २०७५ ०१:०३ बुधबार

लबिम मलमा फस्ट स्माइल