अर्थ

एनआइसी एशियाको तीन शाखा

काठमाडौं– एनआइसी एशिया बैंकले तीनवटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आइतबारबाट झापाको गौरीगञ्ज नगरपालिका, कनकाई नगरपालिकाको सुरुङ्गा र बर्दियाकोठाकुरबाबा नगरपालिका स्थित भुरीगाँउमा शाखा स्थापना गरी कारोबार सुरु गरेको हो।

यससँगै मुलुकभर बैंकको दुई सय २५ शाखा कार्यालय पुगेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले दुई सय १८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर र ११ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ ।
 

प्रकाशित: २६ असार २०७५ ०१:३९ मंगलबार

एनआइसी एशियाको शाखा