अर्थ

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता

काठमाडौं– एनआइसी एसिया बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण मर्हजनले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

यस सम्झौताअन्तर्गत अब एनआइसी बैंकका दुई सय २५ शाखाबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा पोलिसीहरु खरिद गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

    

 

प्रकाशित: २५ असार २०७५ ००:५५ सोमबार

एनआइसी–प्रुडेन्सियल इन्स्योरेन्स बैंकासुरेन्स सम्झौता