अर्थ

मञ्जुश्रीको १०औं साधारण सभा

काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडको १०औं वार्षिक साधारणसभा भएको छ।

सभाले ५.७१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश प्रदान गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको फाइनान्सले जनाएको छ।

यसले न्युरोड, काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा र वीरगन्ज शाखाबाट कारोबार गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ असार २०७५ ०३:१२ आइतबार

मञ्जुश्रीको १०औं साधारण सभा