अर्थ

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल

साउथ एसिया ट्राभल्स अवार्डको विषयमा आयोजनकले जानकारी दिदै । तस्विर : नागरिक ।

काठमाडौं– नेपालबाट साउथ एसिया ट्राभल्स अवार्ड प्रतियोगितामा (साटा) २० वटा होटल नोमिनेसनमा परेका छन्। साना ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु साटा अवार्डको लागि नोमिनेशनमा परेका हुन्।  

साउथ एसिया ट्राभल्स अवार्डका अध्यक्ष स्माइल हमिदले साटा अवार्डमा होटल अन्नपूर्ण, होटल सांग्रीला काठमाडौं, सांग्रीला रिसोर्ट पोखरा, होटल मलवेरी, काठमाडौं गेष्ट हाउस, टेम्पल ट्रि, डालिया पोखरा, जगतपुर लज, बाराही पोखरा, बाराही चितवन, होटल मनास्लु, नेपाल फ्रेन्डस होटल लगायतका सानादेखि पाँच तारे होटलहरु नोमिनेशनमा परेको बताए।

साउथ एसिया ट्राभल्स अवार्डका अध्यक्ष स्माइल हमिदले साटा अवार्डमा होटल अन्नपूर्ण, होटल सांग्रीला काठमाडौं, सांग्रीला रिसोर्ट पोखरा, होटल मलवेरी, काठमाडौं गेष्ट हाउस, टेम्पल ट्रि, डालिया पोखरा, जगतपुर लज, बाराही पोखरा ,बाराही चितवन, होटल मनास्लु, नेपाल फ्रेन्डस होटल लगाएतका साना देखि पाँच तारे होटलहरु नोमिनेशनमा परेको बताए ।

‘साउथ एसियामा तेस्रो पटक यो अवार्ड हुँदैछ। यसका लागि श्रीलंका, माल्दिभस, भारत, नेपाल र भूटानका पाँच सय होटलबीच प्रतिस्पर्धा हुने भएको छ। नेपालबाट २० वटा होटल नोमिनेशनमा पर्नु सुखद विषय हो।’ साटा आयोजक समितिका संयोजक हमिदले भने, ‘हामीले काठमाडौंमा विभिन्न होटलको प्रिजेन्टेसन गरायौं। होटलको प्रिजेन्टेसनका आधारमा  नोमिनेशन गरका हौं।’
भारतको मुम्बईको ताजमहल पार्टी प्यालेसमा भदौं २९ र ३० गते साटा अवार्डको ग्रयान्ट फिनाले हुने आयोजकले जनाएको छ। अवार्डका लागि पाँच वटै देशका नोमिनेशनमा परेका होटलका प्रिजेन्टेशन पुन मुम्बईमा हुने संयोजक हमिदको भनाई छ। 

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालका होटल व्यवसायीहरुको अकुपेन्सि, प्रोपर्टी, सुविधाको आधारमा  उक्त अवार्ड वितरण हुने छ। विशेषगरी बुटिक होटल, सिटि होटल, विजनेस होटल, लक्जरी होटल, होटल एण्ड एक्स्पा लगात २९ वटा विद्यामा नोमिनेशन भएका होटलहरुबीच प्रतिस्पर्धा हुनेछन्।

सांग्रिला होटलकी मार्केटिङ म्यानेजर बबिता पाण्डेले होटल सांग्रिलाको प्रिजेन्टेसन गर्दै नेपालमा पर्यटक भित्र्याउनका लागि सहयोग पुग्ने बताईन। ‘नोमिनेसनमा परेका होटलहरुले सामूहिक रुपमा प्रिजेन्टेशन गरेको भए अझ प्रभावकारी हुने थियो। हरेक प्रोपर्टीको व्यक्तिगत रुपमा प्रस्तुत गर्दा आफूलाई मात्र जानकारी हुने हुन्छ,’ उनले भनिन्, ‘सबैले फरक फरक ढंगबाट आ आफ्नो प्रस्तुती राखेका छन्। यस्ले साउथ एसियाबीचको होटलहरुबीच विजनेस हुने आशा छ।’

साउथ एसियाको पर्यटकीय होटललाई व्यवस्थित र पर्यटनका लागि अझ सशक्त बनाउने उद्देश्यका साथ साटा अवार्ड सन् २०१६ बाट आयोजना हुँदै आएको छ। साटा अवार्डमा नेपालबाट पर्वतारोहीको प्रतिनिधि, टुर अप्रेरट, ट्रेकिङ गाइडहरुको समेत सहभागिता हुनेछ। 

पेप्पर प्रिजेन्टेसन र प्रोपर्टीको आधारमा ६० प्रतिशत

नोमिनेशमा परेका होटलहरुको विगत, वर्तमान र आगामी योजनाका आधारमा तयार पारिएको पेप्पर प्रिजेन्टेसन पहिलो मूल्याङ्कन हुनेछ। होटलले गरेका सामाजिक उत्तरदायित्वको अवस्थालाई समेत मूल्याङ्कन गरिने छ। 

होटलले आन्तरिक र बाह्य  रुपमा फोहोर मैला व्यवस्थापन, वातावरण संरक्षणमा गरेका अभियान, स्थानीय स्रोत साधन प्रयोगका विषय समेत निर्णायक मण्डलले मूल्याङकन गर्ने छन्। होटलको वर्गीकरण अनुसार सेवा प्रदानको विषयमा समेत अध्ययन हुने छ। यस्तै, प्रोपर्टी कहाँ कति छ। यसको सदुपयोग समेत अध्ययन गरिने छ।  

४० प्रतिशत अनलाईन भोटिङ

साउथ एसिया ट्राभल्स अवार्ड जित्नका लागि ४० प्रतिशत अनलाइन भोटिङको समेत व्यवस्था गरिएको छ। साउथ एसिया ट्राभल्स अवार्डको वेइभ साइडमा गएर नोमिनेसनमा गएर भोटिङ गर्न सकिने व्यवस्था छ।

नेपालबाट निर्णायक मण्डल छैन्

साउथ एसिया ट्राभल्स अवार्डमा सबै देशको निर्णायक मण्डल बस्ने पाउने व्यवस्था छ। तर, साटा निर्णायक मण्डलको सदस्य हुनका लागि सम्बन्धित देशको कम्तीमा ५० वटा होटल नोमिनेसनमा पर्नु पर्ने हुन्छ। नेपालबाट २० वटा मात्रै होटल नोमिनेशमा परेका कारण साटा अवार्डको निर्णायक मण्डलमा नेपालको प्रतिनिधि सहभागी हुन नसकेको हो।  

प्रकाशित: २१ असार २०७५ १४:०३ बिहीबार

साउथ एसिया ट्राभल्स अवार्डमा नेपालबाट २० होटल