अर्थ

मेगा रेमिटको सुपर एजेन्ट जिएमई रेमिट

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड (मेगा रेमिट) को सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रालि नियुक्त भएको छ । उक्त सुपर एजेन्टसम्बन्धी सम्झौतामा जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र मेगा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम मेगा रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको सात हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी हुनेछ भने जिएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम मेगा बैंकले आफ्नो शाखामार्फत भुक्तानी गर्नेछ ।
जिएमई रेमिटले खाडी मुलुकहरु, अमेरिका, युके, मलेसिया, दक्षिण कोरिया, जापान लगायत देशबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

 

प्रकाशित: १९ असार २०७५ ०१:१२ मंगलबार

मेगा रेमिटको सुपर एजेन्ट जिएमई रेमिट